ट्रेन्डिङ्गमा स्थान बनाउदै म यस्तो गीत गाउँछु-२ चलचित्रको गित " दुखको काँडा " - DoroNepal

Breaking

Wednesday, January 15, 2020

ट्रेन्डिङ्गमा स्थान बनाउदै म यस्तो गीत गाउँछु-२ चलचित्रको गित " दुखको काँडा "

फिल्म ‘म यस्तो गीत गाउँछु २’को ‘दुःखको काँडा’ बोलको दोस्रो गीत नेपाली गित सङ्गीत क्षेत्रको ट्रेन्डिङ्गमा स्थान जमाउन सुरु गरेको छ  । यो फिल्मको पहिलो गीत ‘तिम्रो घरको वरिपरि’को सफलतापछि दोस्रो गीत सार्वजनिक गरिएको हो । मार्मिक गीतमा नायक पल शाह र पुजा शर्मा फिर्चड छन् । गीत हेर्नुस् :


अर्जुन पोखरेलको संगीत र देभल भण्डारीको शब्द रहेको गीतमा ‘द भ्वाइस अफ नेपाल सिजन २’ को उत्कृष्ट चारसम्म पर्न सफल सनिश श्रेष्ठले स्वर दिएका छन् । उक्त शोको फाइनल नहुँदै निर्देशक तथा निर्माता सुदर्शन थापा र संगीतकार अर्जुन पोखरेलले सनिशलाई फिल्मको गीत अफर गरेका थिए । लभ स्टोरी फिल्ममा पल र पुजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकया लगायत कलाकारको अभिनय रहेको छ ।

सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा निर्देशक थापा र नायिका पुजाको लगानी रहेको छ । सौरभ लामाले खिचेको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । यो फिल्म फागुन २३ गतेदेखि प्रदर्शन हुँदैछ 

No comments:

Post a Comment