मोडल किरण कुवर अभिनित आधुनिक गित "रुन मिल्ने आँशु" सार्बजनिक (भिडियो सहित) - DoroNepal

Breaking

Thursday, January 16, 2020

मोडल किरण कुवर अभिनित आधुनिक गित "रुन मिल्ने आँशु" सार्बजनिक (भिडियो सहित)

काठमाडौ । नेपाली गित संगीत क्षेत्रमा अहिले एक पछि अर्को कृतिमान कायम राख्ने गरि बजार तातिरहेको छ । यसै बिच गित संगीत क्षेत्रमा आफ्नो स्थान अब्बल बनाईसकेका चर्चित गाएक नरेन्द्र प्यासिको आवाजमा सजिएको आधुनिक गित " रुन मिल्ने आंँशु " सार्बजनिक भएको छ ।

आज काठमाडौमा एक कार्यक्रम गरि उक्त गित सार्बजनिक गरिएको हो । चर्चित सर्जक श्रीकृष्ण बम मल्लको निकै नै मनछुने शब्द रहेको उक्त गितमा लयपनि मल्लकै रहेको छ ।

उरेका एल्बममा समाबेश उक्त गितको म्युजिक भिडियो मार्फत अभिनय क्षेत्रमा प्रवेश गरेका मोडल किरण कुँवर संगै  मोडल सुक्मित घिसिङ, सपना अधिकारी र रबिना मल्लको अभिनय रहेको  गितको भिडियोलाई हरिस महराले आफ्नो क्यामेरामा कैद गरेका हुन ।

पर्यटकीय स्थल कुलेखानी आसपासमा सुटिङ्ग गरिएको भिडियोलाई बिरेन्द्र भट्टले सम्पादन गरेका छन भने मिलन आलेको निर्देशन रहेको छ ।
आर अडियो म्युजिकको आधिकारिक युट्युब च्यानल मार्फत उक्त गितको भिडियो विश्वभर सार्बजनिक गरिएको छ ।

भिडियो:-

No comments:

Post a Comment