तनहुँमा प्रहरिको भ्यान दुर्घटना १ को मृत्यु ७ गम्भीर घाईते - DoroNepal

Breaking

Wednesday, January 15, 2020

तनहुँमा प्रहरिको भ्यान दुर्घटना १ को मृत्यु ७ गम्भीर घाईते


भरतपुर – तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एकको ज्यान गएको छ भने २९ जना घाइते भएका छन्  जसमध्य ७ जनाको अवस्था गम्भीर छ । ज्यान गुमाउनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् ।
चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारि घुम्तीमा दुर्घटनामा परेको हो ।
घाइतेहरुको अहिले पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
गाडीमा ३४ प्रहरी सवार रहेको उनले बताए । दुर्घटनामा अन्य केही प्रहरी गम्भीर घाइते भएको स्थानीयवासी पञ्चबहादुर गुरुङले जानकारी दिए ।

No comments:

Post a Comment