बालुवाटार जग्गा प्रकरणका चर्चित ढकालको घरमा शक्तिशाली बम विस्फोट - DoroNepal

Breaking

Wednesday, January 15, 2020

बालुवाटार जग्गा प्रकरणका चर्चित ढकालको घरमा शक्तिशाली बम विस्फोट

फाईल फोटो

काठमाडौं । काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा आज बुधबार राती ८ बजे शक्तिशाली बम विस्फोट भएको छ । चर्चित बालुवाटार जग्गा प्रकरणका अभियुक्त डा. शोभाकान्त ढकालको घरमा अज्ञात समूहले बम विस्फोट गराएको हो । विस्फोटबाट ढकालो घरको अघिल्लो भाग पूणरुपमा क्षेती भएको छ भने निजी सवारीमा समेत क्षति पुगेको छ । घटनामा घाइते भएकाको एकिन विवरण प्राप्त नभए पनि बाटोमा हिड्दै गरेका एक जना सामान्य घाइते भएका छन् । घाइते प्रत्यक्ष्यर्शीका अनुसार दुई जना युवाले बम फ्याँकेर भागेका थिए । घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी पुगेर अनुसन्धान शुरु गरेका छन् ।

No comments:

Post a Comment