कश्मीर क्षेत्रमा हिमपहिरो : ६२ जनाको मृत्यु - DoroNepal

Breaking

Wednesday, January 15, 2020

कश्मीर क्षेत्रमा हिमपहिरो : ६२ जनाको मृत्यु

कश्मीर क्षेत्रमा हिमपहिरो : ६२ जनाको मृत्युपाकिस्तान अकुपाइड कश्मीर (पीओके) मा हिमपहिरो जाँदा ६२ जनाभन्दा धेरैको मृत्यु भएको छ। विगत तीन दिनयता पहिरो गइरहँदा धेरै मानिस वेपत्ता भएको अधिकारीहरुले बताएका छन्।
हिमपहिरोले पाकिस्तानसहित भारत र अफगानिस्तानमा समेत प्रभाव पारेको छ। पाकिस्तानको बलोचिस्तानमा २० जनाको मृत्यु भएको छ भने भारतको नियन्त्रणमा रहेको जम्मू कश्मीरमा हालसम्म ८ जनाको मृत्यु भइसकेको छ।
अफगानिस्तानमा पनि हिमपहिरोका कारण २४ जनाको मृत्यु भइसकेको अधिकारीहरुले बताएका छन्।
पहिरोका कारण करिब एक सयवटा घरहरु क्षति भएको र हजारौं मानिस विस्थापित भएका छन्।
मौसम अझै प्रतिकूल रहेकोले उद्धार र राहतको कार्य गाह्रो भइरहेको अधिकारीहरुले बताए।

No comments:

Post a Comment