फिलिपिन्समा नेपाललाई ५ टाईटल उपाधि - DoroNepal

Breaking

Monday, January 13, 2020

फिलिपिन्समा नेपाललाई ५ टाईटल उपाधि




बुटवल– पुस २८ । प्रिमो मोडेलोको आयोजनामा फिलिपिन्सको मलिनामा भएको लिटल एण्ड टिन ग्यालाम इन्टरनेशनल २०२० भव्य र सफल रुपमा सम्पन्न भएको छ । ५ देखी ११ जनवरी सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा विश्वका करिब ४०–५० देशका प्रतियोगिहरुले भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गर्दै ५ जना प्रतियोगिहरुले सो कार्यक्रममा भाग लिएका थिए । आफ्नो देशमा रहेका विभिन्न भेषभुुषा, कला–संस्कृतिहरुलाई विश्व सामुु प्रस्तुुत गरेका थिए । विभिन्न चरणहरु पार गर्दै ५ जनाले नै टाईटल उपाधी हात पारेका छन । जस मध्य अरञ्जल क्षेत्री (जुनिय ग्यालाम इन्टरनेशनल २०२०) समिक्षा कार्की (लिटल मिस ग्यालाम चाम इन्टरनेशनल २०२०) सलिना श्रेष्ठ (मिस टिन ग्यालाम कल्चर प्रिन्सेस इन्टरनेशनल २०२०), समिर न्यौपाने (मिष्टर टिन ग्यालाम हेरिटेज इन्टरनेशनल २०२०), सन्जोग मगर (मिष्टर टिन ग्यालाम टुुरिजम इन्टरनेशनल २०२०) टाईटल उपाधि बिजेत भएका छन् ।
सो प्रतियोगितामा विश्वका विभिन्न देशका युवायुवतीहरु तथा बालबालिकाहरुले अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा व्यक्तित्व विकासमा बृद्धी गर्ने सुनौलो अवसर पाएका थिए । मिष्टर टिन ग्यालाम इन्टरनेशनल २०१९ का बिजेत, इन्टरनेशनल डाईरेक्टर तथा मजेशटिक ग्रुप सि.ई.ओ. मन्जेस गिरीको नेतृत्वमा नेपालबाट उक्त प्रतियोगितामा पठाईएको थियो ।

No comments:

Post a Comment