माइतीघरमा उखु किसानको धर्ना - DoroNepal

Breaking

Monday, December 30, 2019

माइतीघरमा उखु किसानको धर्ना

माइतीघरमा उखु किसानको धर्नाकाठमाडौं । सर्लाहीका उखु किसान केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् । चिनी मिलहरूले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरू धर्नामा बसेका हुन् । 

२०७० बाट उखुको भुक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसान हरिश्याम राईले बताए । यसअघि पटक–पटक भएका सम्झौता कार्यान्वयन नभएको उनको भनाइ छ ।

राईका अनुसार २०७० देखि अहिलेसम्मको करिब ७० करोड बढी भुक्तानी बाँकी रहे पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।

काठमाडौं आएपछि पुसको चिसोमा खाने र बस्ने ठेगानसमेत नपाएका उखु किसानहरू केहीदिनयता माइतीघरमा नियमित धर्नामा बस्ने गरेका छन् । भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरू कुनै पनि हालतमा चल्नसमेत नदिने किसानहरूको चेतावनी छ ।

किसानहरूले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् । मिलहरूले अहिले आफूखुसी ५ सय रुपैयाँ दिँदै आएकामा सरकारले निर्धारण गरेको ५३६/५६ प्रतिक्विन्टल कायम गर्नुपर्ने माग किसानहरूको छ ।
 

No comments:

Post a Comment