मोडल अफ तिलोत्तमा २०१९ को उपाधि आशिषलाई - DoroNepal

Breaking

Friday, December 13, 2019

मोडल अफ तिलोत्तमा २०१९ को उपाधि आशिषलाई


बुटवल । मंसिर २७, द डाईनामीक फेसन स्टाईलको आयोजनामा मोडल अफ तिलोत्तमा २०१९ को ग्राण्ड फिनाली शुक्रबार एसियन होटलमा सम्पन्न भएको छ । फाईनलमा पुग्न सफल ६ जना मध्ये आशिष कुमार के.सी. ले विजेताको उपाधि हात पारेका छन् । भने कृतिका आचार्य फस्ट रनर अप र मोनिका पंगेनि सकेण्ड रनरअप, प्रवेश क्षेत्री, भ्यूयर च्वाईस खुश्बु चौधरी अर्गानाइजर च्वाईस, उषा न्यौपाने Beauty with Purpose and Most Talent को उपाधि जितेका छन् । झण्डै एक महिना अगाडि देखी सञ्चालनमा आएको यो प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई लक्षित गरि उनि भित्र रहेको प्रतिभालाई उजागर गर्न उक्त कार्यक्रमको लक्ष्य रहेको थियो । उक्त कार्यक्रमको कोरियोग्राफर भने भास्तभिक्ता श्रीवास्तवले गर्नुभएको थियो । भने सह कोरियोग्राफर सुरज परियार र अनिता पंगेनीले गर्नुभएको थियो । प्रमुख निणर्यकमा दिवाकर पौडेल तथा निणर्यक मण्डलमा दीपा पाठक र डिप्लव बि.क. ले निवार्ह गर्नु भएको थियो ।
कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको द डाईनामीक फेशन स्टाईलका अध्यक्ष सौरभ रेग्मीले बताउनु भयो ।
अन्य सव–टाईटनहरुः
मोष्ट कन्फिडेन्ट – आशिष कुमार के.सी.
बेष्ट  स्टेज प्रफर्मर – कृतिका आचार्य
बेष्ट वल्क, बेष्ट फोटोजेनीक – मोनिका पंगेनी
पब्लिक च्वाईस – प्रवेश क्षेत्री
मोष्ट डिसिपिलन– खुश्वु चौधरी

No comments:

Post a Comment