देशभर चिसो बढ्यो, हिमाली भेगमा हिमपात र पहाडी भेगमा बर्षाको सम्भावना - DoroNepal

Breaking

Thursday, December 12, 2019

देशभर चिसो बढ्यो, हिमाली भेगमा हिमपात र पहाडी भेगमा बर्षाको सम्भावना


काठमाण्डौ – पश्चिमी वायुको प्रभावले बिहीबारदेखि पानी र हिमपातको सम्भावना रहेको मौसमविले बताएका छन् । 
पश्चिमका हिमाली भेगमा हिमपात र पहाडी भेगमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसमी बुलेटिन सार्वजनिक गर्दै बिहीबारदेखि तीन दिनसम्म हिमपात र वर्षाको सम्भावना रहेको जनाएको हो । 
अहिले पश्चिमका हिमाली भेगमा हिमपात र पहाडी केही ठाउँमा पानी परिरहेको मौसमविद मञ्जु बासीले जानकारी दिनुभयो । पानी र हिमपातका कारण चिसो पनि देशैभर बढेको छ । 
हिमपातको सम्भावना रहेकाले आउँदो शनिबारसम्म पदयात्रामा नजान मौसमविद् बासीले पर्यटकलाई आग्रह गर्नुभयो । आउँदो शनिबारपछि भने मौसम खुल्ने उहाँको भनाइ छ ।
यस्तै काठमाण्डौ उपत्यकासहित देशैभर चिसो बढेको छ । काठमाण्डौ उपत्यकाको तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । चिसो बढेकाले बिहान बेलुका घर बाहिर सकेसम्म ननिस्किन डाक्टरले आग्रह गरेका छन् । 
निस्किनै परे न्यानो लुगा लगाएर हिँड्न डाक्टरको सुझाव छ । त्यस्तै झोलिलो तथा तातो खाना खानुपर्ने उनीहरुले बताएका छन् । 

No comments:

Post a Comment