न्यू डायमण्ड कप भलिबल पुस तेस्रो साताबाट - DoroNepal

Breaking

Monday, December 30, 2019

न्यू डायमण्ड कप भलिबल पुस तेस्रो साताबाट

न्यू डायमण्ड कप भलिबल पुस तेस्रो साताबाटकाठमाडौं । तेस्रो संस्करणको न्यू डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस २३ बाट २६ गतेसम्म आयोजना हुने भएको छ । आइतबार आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबले तेस्रो साताबाट सुरु हुने भएको छ ।
प्रतियोगितामा ६ देखि ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । टिमको नाम भने हाल तय भएको छैन् । प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैया पाउने छन् । यस्तै उपविजेताले ३ लाख १ सय १, तेस्रोले १ लाख ५१ हजार १ सय १ र चौंथोले ५१ हजार १ सय १ रुपैया पाउने छन् ।
प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुनेछ । 

No comments:

Post a Comment