एनआईसी एशियाको नयाँ शाखारहित बैंकिङ सेवा अर्घाखाँचीको देउरालीमा - DoroNepal

Breaking

Monday, December 30, 2019

एनआईसी एशियाको नयाँ शाखारहित बैंकिङ सेवा अर्घाखाँचीको देउरालीमा

एनआईसी एशियाको नयाँ शाखारहित बैंकिङ सेवा अर्घाखाँचीको देउरालीमाकाठमाडौं । एनआईसी एशिया बैंकले अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ७ देउरालीमा आफ्नो ४५ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । 
ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा बैंकले अर्घाखाँचीमा सेवा विस्तार गरेको हो ।बैंकले सञ्चालनमा ल्याएको देउराली शाखारहित बैंकिङ सेवाको उद्घाटन छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शोभाखर पाण्डेले गरे । 
उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा कृष्ण प्रसाद पाण्डेलाई नियुक्त गरिएको बैकले जनाएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । 
साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि लामो दुरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबार गर्न सहज हुने विश्वास बैंकको रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 
यस्तो सेवाबाट स्थानीयबासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

No comments:

Post a Comment