सामाजिक क्षेत्रमा सक्रिय फेसबुक ग्रुप एम आर आर ले मनायो काठमाडौंमा वार्षिकोत्सब - DoroNepal

Breaking

Thursday, December 12, 2019

सामाजिक क्षेत्रमा सक्रिय फेसबुक ग्रुप एम आर आर ले मनायो काठमाडौंमा वार्षिकोत्सब


नेपालको सबैभन्दा चर्चित फेसबुक ग्रुप MRR (एम आर आर) अर्थात मेन्स रुम रिलोडेड ले आफ्नो ८ औ वार्षिकोत्सब विभिन्न कार्यक्रम गरि मनाएको छ । एउटा यस्तो समूह, जस्ले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट देश वा विदेशमा रहेका सम्पुर्ण नेपालीलाई कुनै न कुनै किसिमले परेका समस्याको समाधान तथा सक्दो सहयोग गर्ने गर्दछ । 

सन २०११ डिसेम्बर ११ का दिन खोलिएको उक्त ग्रुपमा हालसम्म करिब एक लाख युवाहरु जोडिएका छन । ग्रुपमा भातृत्व र भाइचारालाई  अङगालेर हरेक क्षेत्रमा अब्बल देखि लिएर देशको शिर उच्च राख्न अहम भुमिका निर्वाह गर्ने युवाहरु समेत जोडिएर अगाडि बढिरहेको छ फेसबुक ग्रुप एम आर आर ।

देशका विभिन्न ठाउमा भिन्न भिन्न कार्यक्रम गरि मनाउने क्रममा काठमाडौंको कपनमा रहेको Care Child Orphanage मा कपडाहरु( सुईटर, टोपी, मोजा, तन्नाहरु) तथा स्टेशनरी (  कापी, पेन्सिल तथा केही खेलकुद सामाग्रीहरु ) वितरण साथै खानपान र आर्थिक सहयोग प्रदान गरेर सफलताका साथ वार्षिकोत्सब मनाएको छ। करिव १५ जना बालिकाहरु रहेको उक्त आश्रममा सहयोग गरेर एम आर आरले आफ्नो मानलाइ कायम राखेको छ। उक्त आश्रममा ५-१५ वर्ष सम्मका बालिकाहरु रहेका छन । 

त्यसै गरि हिजै चितवन, पोखरा, रौतहट, जापान, अष्ट्रेलिया , लगाएत अन्य थुप्रै ठाउँमा पनि एम आर आरले विभिन्न कार्यक्रम गरि आठौ वार्षिकोत्सब मनाएको छ। जहाँ जस्लाई  सहयोगको खाचो देख्छ, उद्दारको खाचो देख्छ, उक्त ग्रुपले सधै सहयोग र उद्दार गर्ने कोसिस गर्ने गरेको छ ।


एकदमै प्रशंसनीय कामहरु गर्दै अघि बढिरहेको एम आर आरले आगागी दिनमा पनि यस्तै सहयोगको भावना बोकिरहने छ ।

No comments:

Post a Comment