'आइइसी डिजाइनर्स रनवे’ का लागि २० मोडल छानिए - DoroNepal

Breaking

Monday, December 30, 2019

'आइइसी डिजाइनर्स रनवे’ का लागि २० मोडल छानिए

‘आइइसी डिजाइनर्स रनवे’का लागि २० मोडल छानिएकाठमाडौं - ‘आइइसी डिजाइनर्स रनवे’का लागि २० जना मोडल छानिएका छन्। शनिवार दरबारमार्ग स्थित म्याग्नम लाउन्जमा आयोजित अडिसनबाट ति मोडलहरु छानिएका हुन्।
अडिसनबाट छानिएका मोडल आगामी चैत ८ गते होटल हायात रिजेन्सीमा आयोजना हुने ‘आइइसी डिजाइनर्स रनवे’ नामक फेसन शोको र्‍याम्पमा प्रस्तुत हुनेछन्।
आइइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमला, कमर्सियल फोटोग्राफर राजभाई सुवाल, पुर्व मिस नेपाल उषा खड्गी, मोडल अभिनेत्री श्रृजना रेग्मी निर्णायक रहेको अडिसनमा ११२ मोडलको सहभागिता रहेको थियो।
भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरले प्रशिक्षणसहित अहिलेसम्मकै फरक तरिकाले उनीहरुलाई र्‍याम्पका लागि तयार पार्नेछन्।
२३ मोडलको सहभागिता रहने फेसन शोको व्यवस्थापकीय जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले लिएको छ। शोमा मोडलले ३४ जना डिजाइनरहरुले तयार पारेका पहिरन र्‍याम्पमा प्रस्तुत गर्नेछन्।
‘आइइसी डिजाइनर्स रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन्।

No comments:

Post a Comment