गुल्मीको कालीगण्डकी तट नजिकै शिशुको शव फेला - DoroNepal

Breaking

Monday, December 30, 2019

गुल्मीको कालीगण्डकी तट नजिकै शिशुको शव फेला

गुल्मी । गुल्मीमा नवजात शिशुको शव फेला परेको छ । रुरु क्षेत्र गाउँपालिका-१ कालीगण्डकी तट नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले जानकारी दिए ।
भेटिएको शव कसको हो भन्ने केही नखुलेको प्रहरीले जनाएको छ । पोस्टमार्टमको लागि शव गुल्मी अस्पतालमा लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले बताए ।

No comments:

Post a Comment