धनुषा बम बिस्फोट - घाईते प्रहरी निरीक्षकको पनि मृत्यु - मृत्यु हुनेको संख्या ३ पुग्यो - DoroNepal

Breaking

Saturday, December 14, 2019

धनुषा बम बिस्फोट - घाईते प्रहरी निरीक्षकको पनि मृत्यु - मृत्यु हुनेको संख्या ३ पुग्यो

जनकपुरधाम । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भएको थियो । सो घटनामा प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका थिए । दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।

No comments:

Post a Comment