सिद्धबाबामा सुरुङमार्ग बनाउन १० अर्ब १५ करोड बजेट स्वीकृत - DoroNepal

Breaking

Monday, November 18, 2019

सिद्धबाबामा सुरुङमार्ग बनाउन १० अर्ब १५ करोड बजेट स्वीकृत

Image result for siddhababa
बुटवल । सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्ड अन्तरगत सिद्धबाबा क्षेत्रमा सुरुङ खन्नका लागि बजेट स्वीकृत भएको छ ।
सोमबार नेपाल सरकारको अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम शाखाले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बार्षिक बजेटमा प्रस्ताव गर्ने गरी १० अर्ब १५ करोडको सिमा भित्र रहेर खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । 
अब सुरुङमार्ग खन्ने प्रक्रियाका लागि ग्लोवल टेण्डरमा जाने बाटो खुलेको यातायात मन्त्रालयले जनाएको छ । राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुबर्षीय ठेक्का मापदण्ड २०७६ बमोजिम प्रक्रिया अगाडी बढ्ने बताईएको छ ।
सडक बिभागका महानिर्देशक केशव शर्माले अर्थ मन्त्रालयले सुरुङमार्गका लागि बजेटको सुुनिश्चितता गरेको जानकारी दिदैै सडक बिभागले बाँकी प्रक्रिया छिट्टै अगाडि बढाउने बताए ।
सुरुङमार्ग निर्माणको लागि निरन्तर प्रयत्न गर्दै आएका नेकपाका महासचिव एवम रुपन्देहीका सांसद बिष्णु पौडेलले सिद्धबावा सडकमा सुरुङमार्ग निर्माण सुरु गर्न लामो प्रयास सफल भएको भन्दै खुसी ब्यक्त गरे । अब सुरुङमार्ग बनाउन सडक बिभागले ग्लोवल टेण्डर आब्हान गर्ने उनले जानकारी दिए ।

No comments:

Post a Comment