ढुंगै ढुंगाले हानेर तीन जनाको हत्या - DoroNepal

Breaking

Saturday, November 2, 2019

ढुंगै ढुंगाले हानेर तीन जनाको हत्या

गुल्मी— गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ । विभत्स तरिकाले ह त्या गरेर जंगलमा फालेको अवस्थामा शव फेला परेको हो । हर्राचौरको आलुखरिपाको जंगलमा कम्तिमा एक साताअघि ह त्या गरी फालिएको अवस्थामा स्थानीयले शनिबार शव फेला पारेका हुन् ।
वडा अध्यक्ष किरण शाहका अनुसार अन्दाजी ३० वर्षीय महिला, अन्दाजी १० वर्षीय बाल क र ५ वर्षीया बालि काको शव भेटिएको हो।
शव भेटिए भन्दा झण्डै ५ मिटर माथि पैदल हिँड्ने बाटोमा र गत लागेका ढुंगा फेला परेको छ। महिला र बच्चा सबैको टाउकोमा ढुं गाले हा नेर छि याछि या परेका चो ट छन्। अध्यक्ष शाहले तीनै जनाको कात्तिक १० गते अघि नै ह त्या भएको आशंका गरिएको बताए।
त्यस क्षेत्रबाट जंगलमा खानेपानी ल्याइएको छ। त्यहाँको धारा बनाउन जाने एक जनाले १० गते नै बाटोमा रगत देखेकाले ह त्या गरिएको हुन सक्ने उनको आशंका छ। घटनास्थललाई अहिले इलाका प्रहरी कार्यालय चन्द्रकोटका हवल्दार जालीराम चौधरीसहितका २ प्रहरीले सुरक्षा दिइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय तम्घासबाट प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वमा प्रहरी टोली घ टनास्थल जाँ दै गरेको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए। प्रहरी पुगेपछि मात्र घटनाको थप विवरण आउने उनले बताए। घटनास्थल सदरमुकामबाट झण्डै ७० किलोमिटर उत्तर पूर्वमा पर्छ। घटनास्थल बाग्लुङ र गुल्मीको सिमानामा छ। - -शन्तिपुर खबर

No comments:

Post a Comment