२६ किलो चरेस सहित प्युठानका पुन पक्राउ - DoroNepal

Breaking

Wednesday, November 27, 2019

२६ किलो चरेस सहित प्युठानका पुन पक्राउ

प्युठान । प्युठानको गौमुखी गाउँपालिका ३ रजवाराका बालाराम पुन २६ किलो चरेस सहित पक्राउ परेका छन् । बिशेष सुराकीको आधारमा प्रदेश नं. ५ दाङ प्रहरी कार्यालयबाट आएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
घटना स्थलमा भेटिएको पुनले प्रयोग गरेको मोटरसाईकल

प्यूठान र गुल्मीको सिमानामा रहेको अग्लुङफेदि भन्ने स्थान बाट पुन बिहान ७ बजेतिर पक्राउ परेका हुन । पुनले प्रयोग गरेको मोटरसाईकल समेत बरामद भएको ईलाका प्रहरी कार्यालय पुजा लिवासेले जानकारी दिएको छ । पुनलाई जिल्ला प्रहरी कार्यालय गुल्मि लगिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । त्यस्तै उनिसँगै रहेका अन्य ३ जना फरार रहेका छन् ।

No comments:

Post a Comment