भोटेकोसीमा स्काभेटर दुर्घटना हुदा चालकको मृत्यु - DoroNepal

Breaking

Friday, November 29, 2019

भोटेकोसीमा स्काभेटर दुर्घटना हुदा चालकको मृत्यु

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. २ टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा सञ्चालनमा रहेको स्काभेटर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । 
स्काभेक्टर भासिएर भोटकोशी खोलामा डुबेर भएको दुर्घटनामा चालक चिनियाँ नागरिक ३६ वर्षीय छु छिङको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ । 
टिमुरेमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाहको लागि भोटेकोशी खोलाबाट ढुङ्गा निकाल्न खोज्दा स्काभेटर भासिएर दुर्घटना हुदाँ चालकलाई खोलाले बगाएको हो ।
खोलाले बगाएर लैजादै गरेको समयमा करिब ५ सय मिटर तलबाट चालकलाई उद्धार गरेपनि उनको घटनास्थलमै मृत्यु भएको रसुवा प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment