मोडल अफ तिलोत्तमाको प्रथम अडिसन सम्पन्न - DoroNepal

Breaking

Friday, October 4, 2019

मोडल अफ तिलोत्तमाको प्रथम अडिसन सम्पन्न


बुटवल । द डाईनामीक फेसन स्टाईलको आयोजनामा तथा प्रो सउल सेर्कस् इभेन्टस्को सहकार्यमा मोडल अफ तिलोत्तमा २०१९ कार्यक्रम सञ्चालन भईरहेको छ । यसै बिच ११ गते प्रथम अडिस ओड स्कुल क्याफेमा सम्पन्न भएको छ । अडिसनबाट मोनिका पंगेनी, संगिता बानिया, उषा न्यौपाने, खुस्बु चौधरी, मोनु गैरे दोस्रो राउण्डका लागि छनौट भएका छन् । अरिब १० जना प्रतिस्प्रधीहरुबाट ५ जनाले दोस्रो राउण्डमा प्रवेश गरेका हुन् । अडिसमा सोनु गौरे, महेश रौनियार, कामना सुनार, अञ्जना श्रेष्ठले निणर्यकको भुमिका निवार्ह गर्नु भएको थियो ।
युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई लक्षित गरि उनि भित्र रहेको प्रतिभालाई उजागर गर्न उक्त कार्यक्रमको लक्ष्य रहेको छ ।  उक्त कार्यक्रमको कोरियोग्राफर भने युकेश मान ज्ञवालीले गर्नुहुनेछ । भने सह कोरियोग्राफर अनिता पंगेनीले गर्नुहुनेछ ।
कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि आयोजक टिम विभिन्न स्थान हरुमा अडिसनको तयारी गरि रहेको बताएका छन् । कार्तिक महिना भित्रमा फाईनल गर्ने आयोजकको लक्ष्य रहेको एक पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सोरभ रेग्मीले बताउनु भयो ।

No comments:

Post a Comment