लिटल एण्ड टिन ग्यालाम इन्टरनेशनलको लागि समिर फिलिपन्स जादैँ - DoroNepal

Breaking

Wednesday, October 2, 2019

लिटल एण्ड टिन ग्यालाम इन्टरनेशनलको लागि समिर फिलिपन्स जादैँ

बुटवल– आसोज १५ | मिस्टर टिन ग्यालाम नेपाल बनेर समिर न्यौपाने नेपालको नेतृत्व गर्दै प्रतियोगिको रुपमा भाग लिन फिलिपिन्सको मलिनामा  हुन लागेको लिटल एण्ड टिन ग्यालाम इन्टरनेशनलमा जाँदै छन् । जनवरी २०२० मा हुन लागेको उक्त प्रतियोगितामा विश्वका करिब ५०–६० देशका प्रतियोगिहरुले भाग लिँदै छन् । विभिन्न देशका युवायुवतीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा व्यक्तित्व विकासका लागि यो प्रतियोगिता सञ्चालन हुन लागेका हो । मिष्टर टिन ग्यालाम इन्टरनेशनल २०१९ तथा द डाईमिक फेसन स्टाईलमा सि.ई.ओ. मन्जेर गिरीको नेतृत्वमा नेपालबाट उक्त प्रतियोगितामा पठाउन लागिएको हो ।
रुपन्देही जिल्लामा रहेर विभिन्न व्यूटि पेजेन्टहरुमा भाग लिँदै, ब्यूटि पेजेन्टहरु समेत संयोजक भई आयोजना गर्दै आएका छन् । समिर आफु पनि उक्त प्रतियोगितामा भाग लिन पाउँदा उत्साहित भएको बताएका छन् । नेपालको भेष भुषा, भाषा, सँस्कृती लाई विश्वमा चिनाउने उनको लक्ष्य रहेको बताए ।

No comments:

Post a Comment