भारतले पठाएको 'चन्द्रयान-२' अवतरण गर्नुअघि नै सम्पर्कबिहिन - DoroNepal

Breaking

Saturday, September 7, 2019

भारतले पठाएको 'चन्द्रयान-२' अवतरण गर्नुअघि नै सम्पर्कबिहिन

भारतले चन्द्रमाको दक्षिणी धुर्वमा पठाएको चन्द्रयान-२ को सम्पर्क अवतरण हुनुअगावै टुटेको छ।
भारतीय अन्तरिक्ष अनुसन्धान अनुसन्धान संगठन(इशरो)का प्रमुख के सिवनले चन्द्रमाको सतहमा विक्रम ल्याण्डरको अवतरण योजना अनुसार प्रदर्शन सामान्य रहिरहेको अवस्थामा चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरबाट संपर्क टुटेको बताएका छन्।
उनले वैज्ञानिकहरूले डाटाहरूको विश्लेषण गरिरहेको जनाएका छन्।
चन्द्रयान-२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण हुने बताइएको थियो ।
भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।
आफ्ना वैज्ञानिकहरूको उपलब्धी तथा उनीहरूलाई हौसला दिन इशरो पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'चन्द्रयान-२'सँग सम्पर्क टुटेपछि निराश वैज्ञानिकहरूलाई यान त्यहाँसम्म पुग्नु सानो उपलब्धी नभएकोले त्यसमा सानो मन नगर्न भन्दै उनीहरूलाई ढाडस दिएका थिए।

No comments:

Post a Comment