तिलोत्तमामा मोडल अफ तिलोत्तमा २०१९ हुँदै - DoroNepal

Breaking

Sunday, September 29, 2019

तिलोत्तमामा मोडल अफ तिलोत्तमा २०१९ हुँदै


बुटवल । द डाईनामीक फेसन स्टाईलको आयोजनामा तथा प्रो सउल सेर्कस् इभेन्टस्को सहकार्यमा मोडल अफ तिलोत्तमा २०१९ कार्यक्रम सञ्चालनमा आउन लागेको छ । युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई लक्षित गरि उनि भित्र रहेको प्रतिभालाई उजागर गर्न उक्त कार्यक्रमको लक्ष्य रहेको छ । सहभागितालाई भने असोज ११ गते शनिबार प्रथम अडिसको व्यवस्था मिलाएको आयोजक टिमका संयोजक दुर्गा गिरीले बताउनु भयो । उक्त कार्यक्रमको कोरियोग्राफर भने युकेश मान ज्ञवालीले गर्ने छन् र सह कोरियोग्राफर अनिता पंगेनी ले गनुहुनेछ । कार्यक्रमको पहिलो अडिशन ओल्ड स्कुल क्याफे, बुटवलमा हुनेछ ।
दर्जनौँ कार्यक्रमहरु भव्यरुपमा सम्पन्न गरि सकेको द डाईनामिक फेसन स्टाईलले यो कार्यक्रम पनि सफल हुने बताएको छ । एक महिना अगाडि मात्र सम्पन्न भएको मोडल अफ लुम्बिनी, माष्टर एण्ड मिस लिटिल रुपन्देहीकोे सफलता पछि उक्त कार्यक्रम गर्न लागिएको हो ।

No comments:

Post a Comment