प्रमिला बनिन् मोडल अफ देवदह २०१९ - DoroNepal

Breaking

Sunday, September 22, 2019

प्रमिला बनिन् मोडल अफ देवदह २०१९


प्रमिला बनिन् मोडल अफ देवदह २०१९

बुटवल असोज ५ । दी डाईनामीक फेशन स्टाईलको आयोजनामा मोडल अफ देवदह २०१९ को फाईनल होटल ओम दर्शनमा सम्पन्न भएको छ । करिब एक महिना पहिला संचालनमा आएको यो प्रतियोगिता सभ्य र भब्य रुपमा सम्पन्न भएको छ । २० जना सहभागिता मध्य ८ जना प्रतियोगिहरु फाइनलमा प्रवेश गरेका थिए । ति मध्य सबैलाई पछी पार्दै प्रमिला सुनारले मोडल अफ देवदहको उपाधी हात पार्न सफल भएकी छिन् भने फष्ट रनरअपमा सोनाली गुरुङ्ग, त्यस्तै गरि सेकेण्ड रनरअपमा आषिक कुँवर, थर्ड रनरअपमा समिर थारुले उपाधी पाएका हुन् .
कार्यक्रममा मोडल तथा कोरियोग्राफर प्रोसेस थापा, जयान टेक्निलक कलेजका प्रिन्सीपल दुर्गा थापाले जज तथा प्रमुख जजको रुपमा मुभी निर्माता सन्जु शाहाको भुमिका थिए । प्रतियोगितामा अभए मल्ल ठकुरी र अबिरल आले मगरको कोरियोग्राफी रहेको थियो भने कार्यक्रमको निर्देशक समिर न्यौपान गरेका थिए । परिचय र प्रश्नोत्तर, नेशनल कस्टुम राउण्डबाट अन्तिम ५ छनौट भएको थियो भने उक्त राउण्डबाट बिजेता घोषणा गरिएको आयोज टिमका अध्यक्ष मन्जेश गिरीले बताउनु भयो ।
टाईटल विजेताहरुमा
१) अंकिता खाम्चा – अर्गानाईजर च्वाईस
२) सिमरन बस्याल – भ्यूअर च्वाईस
३) अपेक्षा न्यौपाने – मोष्ट एक्टीभ
४) बिमल विश्कर्मा – बेष्ट प्रसनालिटी, मोष्ट पाउन्चल

No comments:

Post a Comment