किशोरीमाथि एसिड हानेर फरार भएका युवक पक्राउ - DoroNepal

Breaking

Saturday, September 7, 2019

किशोरीमाथि एसिड हानेर फरार भएका युवक पक्राउ

एसिड आक्रमणमा परेर घाइते भएकी मुस्कान खातुन।
वीरगन्जमा शुक्रबार बिहानै किशोरीमाथि एसिड आक्रमण गरी फरार भएका अर्का युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज २ का १६ वर्षीय माजिद आलम छन्।
उनलाई पर्साबाट शुक्रबार अपराह्न पक्राउ गरिएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले बताए। ‘पर्सा जिल्लामा ठाउँ फेरिफेरि भागिरहेका उनलाई अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो,’ कार्कीले सेतोपाटीसँग भने।
एसिड प्रहार गर्ने अर्का एक युवक सम्साद आलमलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उनीहरूले बिहान १५ वर्षीया किशोरी मुस्कान खातुनमाथि एसिड खन्याएका थिए।
उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ। त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्यनरत छपकैया २ निवासी १५ वर्षीया खातुनमाथि शुक्रबार बिहान ६ बजे ती युवकले एसिड प्रहार गरेका थिए।
एसिड प्रहारले उनको शरीरको एक भाग पुर्ण रुपले जलेको प्रहरीले जनाएको छ। एसिड प्रहारबाट मुख, हात, छाती पाखुरामा गम्भीर चोट लागेको छ।

No comments:

Post a Comment