नेपाल द्वारा बलियो चाइनिज ताइपेई २-० ले पराजित, अञ्जन बने नायक - DoroNepal

Breaking

Tuesday, September 10, 2019

नेपाल द्वारा बलियो चाइनिज ताइपेई २-० ले पराजित, अञ्जन बने नायक

विश्वकप फुटबल-२०२२ काे छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्ध २–० ले हराएको छ ।
नेपालका लागि खेल सुरु भएको तीन मिनेटमै अञ्जन विष्टले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । फ्रिकिकमार्फत आएको बललाई अञ्जनले हेड गर्दै गोलमा परिणतमा गरेका हुन् । त्यस्तै अञ्जनले नै खेलको ६२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ताइपेईले पटक-पटक गाेल गर्ने प्रयास गरे पनि नेपालकाे डिफेन्स लाइन र गाेलकिपर किरण चेम्जाेङले बचाए ।
ताइपेईविरुद्धको खेलका लागि नेपाली प्रशिक्षक योहान कलिनले एक जना मात्र फरवार्ड राखेका थिए । फरवार्डमा विमल घर्ती मगर मात्र रहेका थिए ।

कुवेतविरुद्धको खेलमा जस्तै ताइपेईविरुद्ध पनि कलिनले पाँच जना मिडफिल्डर उतारेका थिए । मिडफिल्डरमा विशाल राई, सुजल श्रेष्ठ, रविशंकर पासवान, अञ्जन विष्ट र रोहित चन्द रहेका थिए । त्यस्तै डिफेन्समा अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र रञ्जित धिमाल थिए ।

No comments:

Post a Comment