गुल्मीको अग्लुङ्गफेदीमा सात दिने महायज्ञ सञ्चालन हुने - DoroNepal

Breaking

Tuesday, September 10, 2019

गुल्मीको अग्लुङ्गफेदीमा सात दिने महायज्ञ सञ्चालन हुने


गुल्मी । गुल्मीको मदाने गाउपालिका -१ अग्लुङ्ग फेदीमा ७ दिने श्रीमत भागवत पितृमोक्ष धनधान्यान्चल बिराट ज्ञानमहाज्ञ सञ्चालन हुने भएको छ । रघुफेदी प्रतिमान नि मा माध्यमिक विद्यालयको आर्थिक स्तर उन्नती र कक्षा १० सम्म चलिरहेको विद्यालयलाई कक्षा १२ सम्म सञ्चालन गर्ने उदेश्य ले महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञ यहि कार्तिक २२ गते देखि २८ गते सम्म गर्ने बताईएको छ । महायज्ञमा पितृहरुको बिधिबत श्राद्ध तथा उद्दार गरिने, दिप प्रज्वलन गरिने, उमेर पुगेका ईक्ष्युक जोडि हरुको बिबाह समेत गराईने छ ।

महायज्ञ लाई सफल र ब्यबस्थित गराउन विभिन्न समिती उप-समिती गठन गरिएको छ, जस्मा मुल आयोजक समितिको संयोजक केशव चद बोहोरा, महासचिव अग्निधर चन्द बोहोरा, आर्थिक संयोजक गोपाल मल्ल, सुचना संयोजक विजय चन्द र सचिवालय संयोजक सोही विद्यालयका प्राध्यापक राजु चन्द रहेका छन ।
महायज्ञ लाई गुल्मिको मदाने गाउँपालिका र प्युठानको गौमुखि गाउपालिका को बिशेष सहकार्यमा आयोजना गर्न लागिएको मुल समितिको संयोजक केशव चन्द बोहोराले जानकारी दिए ।

No comments:

Post a Comment