मालपोतका खरिदार एक लाख २० हजार घुससहित पक्राउ - DoroNepal

Breaking

Thursday, August 29, 2019

मालपोतका खरिदार एक लाख २० हजार घुससहित पक्राउ


Image result for hathkadi
बुटवल भाद्र १२ । मालपोत कार्यालय बुटवलका एक जना खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै पक्राउ परेका छन् । खरिदार जीवनाथ पाण्डेलाई सेवाग्राहीसंग एकलाख २० हजार घुस लिँदालिँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो ।

मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बसेर सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा पाण्डेसंगै लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे पनि पक्राउ परेका अख्तियार कार्यालय बुटवलले जानकारी दिएको छ ।

No comments:

Post a Comment