रुपन्देहीमा मिस्टर एण्ड मिस लुम्बिनी हन्ट २०१९ हुँदै - DoroNepal

Breaking

Sunday, August 25, 2019

रुपन्देहीमा मिस्टर एण्ड मिस लुम्बिनी हन्ट २०१९ हुँदै

बुटवल । प्रो सोउल सेकर्स प्रा.लि. को आयोजनामा मिस्टर एण्ड मिस लुम्बिनी हन्ट २०१९ कार्यक्रम सञ्चालनमा आउन लागेको छ । युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई लक्षित गरि गर्न लागेको उक्त कार्यक्रमको सहभागितालाई भने भाद्र १४ गते शनिबर प्रथम अडिसको व्यवस्था मिलाएको आयोजक टिमका संयोजक समिर पन्थले बताए । उक्त कार्यक्रमको कोरियोग्राफर सन्दीप चौधरी ले गर्ने छन् । कार्यक्रमको पहिलो अडिशन रेड पेपर लज, बुटवलमा हुनेछ ।
दर्जनौँ कार्यक्रमहरु भव्यरुपमा सम्पन्न गरि सकेको प्रो सोल सेकर्सले यो कार्यक्रम पनि सफल हुने बताएको छ । एक महिना अगाडि मात्र सम्पन्न भएको मिष्टर एण्ड मिस गोलोबल नेपालको सफलता पछि उक्त कार्यक्रम गर्न लागिएको हो ।

No comments:

Post a Comment