तीज गित प्रतियोगिताले रम्दै छ घडेरी - थ्री स्टार मथुराको साथमा - DoroNepal

Breaking

Thursday, August 22, 2019

तीज गित प्रतियोगिताले रम्दै छ घडेरी - थ्री स्टार मथुराको साथमा


गुल्मी । हिन्दु नारिहरुको महान पर्व हरितालीका तीजको अवसर पारेर बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि थ्रीस्टार मथुरा युवा क्लब मदाने-१, अग्लुङ्ग घडेरी गुल्मीले खुल्ला  तीज गित प्रतियोगिता तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ । 
यहि भदौ १४ गते सनिवारको दिन पारेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष दिपक थापाले जानकारी दिएका छन  ।
सोही दिन बिहान ११ बजे सम्म दर खाने कार्यक्रम रहेको ले सम्पुर्ण दिदिबहिनी लाई उपस्थित को लागि अनुरोध पनि गरिएको छ । बिहान ११ बजे पछाडी भने तीज गित प्रतियोगिता आयोजना गरिने भएको छ ।
प्रतियोगिता मा प्रथम हुनेले नगद रु. ४१०५ ।- द्वितीय हुनेले नगद रु. ३६०५ ।- तृतीय हुनेले नगद रु. २६०५ ।- र सान्त्वना हुनेले नगद रु. १६०५ ।- प्राप्त गर्ने छन ।
खुल्ला तीज गित प्रतियोगिता रहेकोले सम्पुर्ण दिदिबहिनी, संघसस्था, बिध्यालय, क्लब हरुलाई प्रतियोगितामा सहभागी हुन आग्रह समेत रहेको छ ।

No comments:

Post a Comment