सरगम सञ्जालले तीज गित प्रतियोगिता आयोजना गर्दै - DoroNepal

Breaking

Wednesday, August 21, 2019

सरगम सञ्जालले तीज गित प्रतियोगिता आयोजना गर्दै

गुल्मी। सरगम सञ्जाल युवा क्लबले सदाका बर्षमा जस्तै यसपाली पनि तीज गित प्रतियोगिता २०७६ गर्ने भएको छ ।
नेपाली महिलाहरुको महत्वपूर्ण पर्व तीजका अवसरमा महिला माथि हुने भेदभाव र सस्कृति संरक्षणका लागि खुल्ला तीज गित प्रतियोगिता गर्न लागेको क्लबले जनाएको छ ।
Banner
क्लबको कार्यसमितिका अध्यक्ष सुमन खत्रीको अध्यक्षतामा तीज पर्व मार्फत सामाजिक सन्देश दिनका लागि प्रतियोगिता गर्ने निर्णय गरिएको हो ।
क्लबले आफ्नो स्थापनाकाल देखि नै महिलाहरुको महान पर्व हरितालिका तीजलाई अधिकारको पर्वको रुपमा मनाउदै आइरहेको छ । महिला माथि हुने गरेका हिंसाहरु, मानवबेचबिखन तथा सुरक्षित मातृत्व, मानव अधिकारको संरक्षण र जातिय तथा लैंगिक विभेदको समस्या, दलित महिलाले भोगेका समस्या जस्ता महिला अधिकारलाई जुझारु रुपमा उठाउने गरि प्रतियोगिता गरिने क्लबका अध्यक्ष सुमन खत्रीले जानकारी दिए ।
प्रतियोगिताका लागि जुनसुकै क्लब, विद्यालय तथा आमा समूहले सहभागिता जनाउन सक्नेछन । कार्यक्रम भाद्र १७ गते गरिने छ। प्रतियोगितामा भाग लिन चाहनेलाई सम्पर्कमा आउन समेत क्लबले आग्रह गरेको छ।
श्रोत:- bsnepalonline.wordpress.com
(विवश बीष्ट)

No comments:

Post a Comment