नयाँ बसपार्कको गेस्ट हाउसमा नग्न अवस्थामा महिला र पुरुषको शव फेला - DoroNepal

Breaking

Wednesday, August 21, 2019

नयाँ बसपार्कको गेस्ट हाउसमा नग्न अवस्थामा महिला र पुरुषको शव फेला

काठमाडौं । नयाँ बसपार्कको मोरङ पर्वत गेस्ट हाउसमा महिला र पुरुष मृत भेटिएका छन् । उनीहरु होटलको कोठा नं. १११ मा मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् ।
कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खाटको तलपट्टी र युवकको खाटमाथि भेटिएको प्रहरीको भनाई छ । उनीहरु राति ११ बजे होटलमा बसेका थिए । विहान खान खान बोलाउँदा पनि ढोका खोलेका थिएनन् । दिउँसो १ बजेसम्म पनि नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए ।
कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन् । यसबारे थप अनुसन्धान भईरहेको छ ।

No comments:

Post a Comment