नयाँ टी-ट्वान्टीको वरियतामा नेपाल ११ स्थानमा यथावत - DoroNepal

Breaking

Monday, August 19, 2019

नयाँ टी-ट्वान्टीको वरियतामा नेपाल ११ स्थानमा यथावत

अन्तराष्ट्रिय क्रिकेट परिषदको नयाँ टी-ट्वान्टीको वरियतामा नेपाल ११ औ स्थानमा यथावत रहेकाे छ ।
आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ टी-ट्वान्टी वरियतामा नेपालले १४ खेलबाट २०१ अंक पाउदै ११ स्थानमा कायम रहेकाे छ । नेपालले पछिल्लाे पटक ६ वटा टी-२० खेल खेलेकाे थियाे । जसमा उसले गत महिना मलेसियासँगको दुई खेलको टी-ट्वान्टी र सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेकाे थियाे । जसमा उसले कुल ६ खेलमा ४ मा जति र २ हार ब्यहाेरेकाे थियाे ।
एसोसियट राष्ट्र मध्यमा नेपाल शिर्ष बरियतामा रहेकाे छ । नेपाल भन्दा मुनी जिम्बावे र आयरल्याण्ड रहेका छन् । नेपाल टेष्ट राष्ट्र बंगलादेशभन्दा १ रेटीङ अंकले पछि रहेको छ ।
टी-ट्वान्टी वरियतामा पाकिस्तान पहिलाे, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन् । आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ । नेपालले ८ खेलबाट १५२ रेटीङ अंक पाएको छ ।

No comments:

Post a Comment