रहेनिन वरिष्ठ कलाकार सुभद्रा अधिकारी - DoroNepal

Breaking

Saturday, August 17, 2019

रहेनिन वरिष्ठ कलाकार सुभद्रा अधिकारी

काठमाडौँ । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार निधन भएको हो ।
विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् ।
६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो । उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ ।
अधिकारिको आज नै पशुपति आर्यघाट मा अन्त्यस्टि गरिने पारिवारिक श्रोत ले जानकारी दिएको छ ।

No comments:

Post a Comment