लुम्बिनीमा एक से एक ‘लोक कलाकार’ - DoroNepal

Breaking

Tuesday, July 30, 2019

लुम्बिनीमा एक से एक ‘लोक कलाकार’

बुटवल : एक दशकअघिसम्म लुम्बिनीका लोक कलाकारलाई औंलामा गन्न सकिन्थ्यो । तर, अहिले भने लोक कलाकारहरुको संख्या गनिसाध्य छैन । अझ तीज गीत निकाल्ने कलाकारको त बाढी नै आएको छ । स्तरीय गीत निकाल्ने कलाकारको खडेरी भएपनि कलाकारितामा भने लुम्बिनी क्षेत्रले दिनहुँ फड्को मारेको छ । कुनै बेला बुटवल भैरहवा, तानसेन, तम्घास लगायतका ठाउँमा स्टेज कार्यक्रम गर्नुपर्दा राजधानीकै कलाकारको भर पर्नुप¥थ्र्यो । तर, अहिले भने लुम्बिनीमै एक से एक कलाकार जन्मिएका छन् ।
‘लुम्बिनी पहिल्यैदेखि कलाको धनी हो’ लोक साहित्यकार तथा सस्कृती बिद झपेन्द्र जिसीले भने –‘त्यसैले पनि कलाकारितामा यो क्षेत्र परिचित भएको छ ।’ उनले लोकले चाहेको गीतलाई टप्पक टिपेर गाउने कलाकार नै लोककलाकार भएको बताए । तर उनले तीज गीतमा मौलीकता गुम्दै गएकोमा भने दुख व्यक्त गरेका छन् । ‘गीतले समाजको कथा बोलेको हुन्थ्यो, अहिले त्यो फेरिएको छ, गीतमा समाज होईन जवानी पोखिन थाले’ उनले भने । गहिरो गरि लोक सस्कृतिमा जानकारी राख्ने जिसिले कलाकारहरुको संख्या बढेसँगै गुणस्तर पनि बृद्धि हुनुपर्ने बताए ।
विज्ञहरुले लोक गीतको गुणस्तर बृद्धि गर्नुपर्ने चिन्ता व्यक्त गरिरहदा समयको आवश्यका अनुसारका गीत बजारमा ल्याएको कलाकारहरुको दाबी छ । लुम्बिनी अञ्चलका गुल्मी, पाल्पा, अर्घाखाँची र नवलपरासीको पहाडी भेग लोक कलाकारिताको हिसाबले प्रख्यात ठाउँ हो । पहाडी भेगमा जन्मिएका कलाकारहरुले नै बुटवललाई राष्ट्रिय स्तरमा कलाकारिताको उर्बर क्षेत्रको रुपमा परिचित बनाएका हुन । तीजका बेला प्रत्येक बर्ष यसै क्षेत्रका कलाकारले गाएको गीतको चर्चा छ । अन्य बेलाका लोक गीत समेत यहि भूमीकै बर्चस्व रहेको छ ।
यस कारण लुम्बिनी क्षेत्र अब लोक कलाकारिताको हिसाबले अब्बल छ भन्ने आधार बनेको विज्ञहरुको भनाई छ । ‘स्तरीय गीत संगीतको अभाव छ तर कलाकारिताको हिसाबले लुम्बिनी अञ्चल अन्य जिल्ला भन्दा अब्बल नै छ’ लोकदोहरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष डिल्लि नारायण पाण्डेले भने । उनका अनुसार लुम्विनी अञ्चलमा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानमा झन्डै ५ हजार सदस्य आबद्ध छन् । तर गीत संगीतमै लागेर बाँचेकाहरु भने निकै कम छन् ।
लुम्बिनीका ६ जिल्लामा कलाकारको रुपमा परिचितको संख्या मुस्किलले सय जना पुग्ने अध्यक्ष पाण्डेले बताए ।
उनले लुम्बिनीमा कलाकारको संख्या जुन रुपमा बढेको छ, त्यसको अनुपातमा गुणस्तर नभएको स्विकार गर्छन् । अहिले तीज गीत बजारमा ल्याउनेमा यस क्षेत्रकै कलाकारहरुको बर्चस्व देखिएको छ । उनले भने –‘कलाकारको संख्या बढेको छ, यो खुशिको कुरा हो’ उनले भने –‘तर समाजले प्रश्न उब्जाउने खालको गीत पनि बजारमा आएकाले यसलाई निरुत्साहित गर्नुपर्छ ।’ समाज सुहाउदो गीतका कारण पनि पहिलेको जस्तो संगीतको बजार नभएको उनको भनाई छ । उनले लुम्बिनीमा कलाकारहरुको संख्या बढ्नुमा स्टेज कार्यक्रम र मेला महोत्सवहरु पनि एउटा कारक बनेको बताए ।
२०५० सालसम्म बुटवल र यस आसपासमा कलाकारहरुको संख्या निकै कम थियो । कुनै ‘मेला महोत्सवमा कलाकार खोज्नका लागि राजधानीकै भरपर्नुपर्ने अवस्था थियो’ विगत सम्झँदै कलाकार सपना गाहाले भनिन –‘अहिले त अन्तको कलाकारनै खोज्नुपर्दैन ।’ उनले कलाकारहरुको सख्या बढेसँगै विकृति पनि भित्रिएको बाताईन । आजभन्दा १० बर्ष अघिसम्म कलाकारलाई हेर्न टिकट काट्न तछाड मछाड हुने गरेको उनले सुनाईन । जे होस् गुणस्तरमा कम भएपनि कलाकारहरुको हिसाबले लुम्बिनी अञ्चल धनी भएको छ । यसलाई कलाकारिताको विकासले सन्तोष मान्नुपर्छ ।
कस्को, कस्तो तीज गीत 
५ बर्षयता तीजका गीतमा होडबाजी छ । कसैले निरन्तरताका लागी त तीज गीत बजारमा ल्याएका छन त कसैले चर्चाका लागि मात्रै । यसका साथै तीजका नाममा हुने तीज बिशेष कार्यक्रममा स्टेज पाउने लोभमा पनि धेरै कलाकारले तीजको गीत निकाल्ने गरेका छन् । तीजको गीत निकाल्नेमा महिला भन्दा पुरुष कलाकारको संख्या तेब्बरले बढि छ ।
रुपन्देहीका कलकारले ह््याट्रिक नै गरे भन्दा पनि हुन्छ । पछिल्ला बर्षमा रुपन्देहीका कलाकारहरुले तीज गीतमा मात्रै लगानी गर्ने गरेका छन् । अन्य बेलामा गीत गाउन छोडेकाहरु पनि तीजमा भने गीत गाउन तम्सिएका छन् । अझ तीजको गीत बजारमा ल्याउनेमा सञ्चारकर्मीहरुको संख्या बढि छ । बुटवलमा कर्मथलो बनाएका सञ्चारकर्मी सञ्जय सौगातले ‘बम्बैको साडी’ बोलको गीत बजारमा ल्याएका छन् ।
अर्का सञ्चारकमी दिपु मगर र रेनु राना मगरले ‘छुकछुके रेल’ गाएका छन् । सञ्चारकर्मी बसन्त लम्सालले ‘आहा रेलिमै’ नारायण बिपी परियारले ‘धुलो उडायो’ र ‘आमा’ बोलको गीत बजारमा ल्याएका हुन । यस्तै सञ्चारकर्मी सुरेश परियारले ‘आउन ए मायाँलु’ बालचन्द्र बराल ‘पात खस्यो हरर’ बिष्णु जी पाण्डे ‘माईला बा’ले ‘आटोको दर’ , नमराज पाण्डेले ‘तेरी स्वास्नी लग्यो डाईभर’ले शित्तल शर्माले ‘नमुना जोडी’ बजारमा ल्याएका छन् ।
प्रचण्ड जिसी र अनुराधा घर्ती ‘फेरियो हाम्रो गाउँ’, सपना गाहा ‘मायालुले ईसरा दियो’ योगराज पोखरे ‘शुभकामना’ दिपक गरौजा ‘मेरी माया’ दामोदर बस्याल ‘मायाँको जाल्मा’, हरिमायाँ रायमाझीे ‘नक्कले भिनाजु’का साथ श्रोता दर्शकबमा आएका छन् । बैकुन्ठ महतले धेरै तीजका गीतमा शब्द र लय संकलन गरेका छन् । विनोद पाण्डेकोे ‘लप पारेरै हो’ राजेन्द्र पाण्डेको ‘बुढेस कालैमा’ टिकाराम गौतमको ‘कमला’, बिधान कार्किको ‘लालुमै’,कृष्र्ण बाबुको ‘चल्ति आएको’, सिलु भटराईको ‘बालुमै’ तीज गीत बजारमा आएको छ ।
उज्ज्वल गिरिको ‘मायाँ बिसाउने’, ईन्दु गैरेको ‘मायाँले खान दिन्न’, बिन्दु थापा निहारीकाको ‘तिजैको रमझम’, कल्पना कुसुमको ‘रानी चरी’ पुरुषोतम भण्डारी ‘पुर्खे बा’को ‘धइया पुतला’, बिष्णु श्रीपालीको ‘झम्के बुलाकी’, आरती रुचालको ‘माया’ शकुन्तला ढकालको ‘ठोक मादल ठोक’ र ‘लालुमै’, रितु थापाको ‘प्रदेशी भाई’, प्रिया भण्डारीको ‘भाउजुको हाई हाई छ’, शकुन्तला कुवँरले ‘लालुमै’, सिता रानाले ‘रेलको टिकट काट मायाले’, मिलन विसीले ‘काकरीको झाल’ रेनुका भट्टराईको ‘पाईलै सरेन’, दिपक दर्लामी मगरको ‘सम्झना झलल’ पुरुषोत्तम पौडेल र रेनुका भटराईको ‘पाईलै सरेन’,सोम परियारको ‘प्रदेशी जीवन’ तीजको गीत बजारमा आएको छ । यसका साथै यसैक्षेत्रका अन्य कैयौं कलाकारले तीजकोृ गीत बजारमा ल्याएका छन् । विरेन्द्र कुँवर\खस्यौली

No comments:

Post a Comment