माष्टर एण्ड मिस लिटिल रुपन्देही २०१९ को फाइनल तयारी तिव्र - DoroNepal

Breaking

Wednesday, July 24, 2019

माष्टर एण्ड मिस लिटिल रुपन्देही २०१९ को फाइनल तयारी तिव्र


बुटवल, साउन ८ । मोडल आफ लुम्बिनी सफलता पछि दी डाईनामीक फेशन स्टाईलको दोस्रो आयोजनामा माष्टर एण्ड मिस लिटिल रुपन्देही २०१९ कार्यक्रमको ग्रान्ड फाईनल यहि साउन ११ गते होटल पौवा, योगिकुटीमा हुने भएको छ ।
रुपन्देही जिल्लाका विभन्न स्थान बाट लिईएको अडिसनमा ५० जना प्रतियोगिहरुले भाग लिएका मध्य आकाश फुल्लेल, शारदा श्रेष्ठ, सग्रीना पौडेल, एलिना, खनाल, प्रिया खत्री, सन्देश थापा, दर्सिल गिरी, समिक्षा ज्ञवाली, सुहान्स गैचन, स्मारिका घिमिर, दिविका न्यौपाने, सेविका अधिकारी, अश्विन थापा, मान्यता चौधरी, अञ्जना रेग्मी, प्रिता सन्चुरी,  फाईनलको लागि छनोट भएका छन्  । फाइनलको लागि अन्तराष्ट्रिय स्तरमा मिस्टर टिन कन्टीनेन्ट इन्टरनेशनलका विजेता बनिसकेका मिस्टर मन्जेश गिरीले प्रशिक्षण दिने व्यवस्था मिलाईएको छ भने कार्यक्रमको निर्देशक समिर न्यौपान गरेका छन् । मिस नेपाल इन्टरनेशनल २०१६ कि विजेता बर्षा लेखी प्रमुख जजको लागि फाइनलमा आउने व्यवस्था मिलाईएको उक्त कार्यक्रमका संयोजक सौरभ रेग्मीले बताउनु भए ।
प्रतिभालाई उजागर गर्न रुपन्देहीका विभिन्न विद्यालयहरुमा कक्षा २ देखी ७ सम्म अध्ययन गर्ने विद्यार्थीहरु समावेश गरिएको छ । १५ दिन सम्म उनिहरुको लेखन, गायन, नृत्य र व्यक्तित्व विकास बारे तालिम दिइएको थियो । प्रतियोगिताका प्रथम हुनेले १ वर्षको छात्रवृत्ती, गोल्ड मेडल प्रदान गरिने छ ।

No comments:

Post a Comment