मिष्टर एण्ड मिस ग्लोबल नेपाल २०१९ को फाइनल हुँदै - DoroNepal

Breaking

Wednesday, July 10, 2019

मिष्टर एण्ड मिस ग्लोबल नेपाल २०१९ को फाइनल हुँदै

बुटवल, असार २५ । प्रो सउल सेकर्सको आयोजनामा मिष्टर एण्ड मिस ग्लोबल नेपाल २०१९ कार्यक्रमको ग्रान्ड फाईनल यहि साउन ३ गते होटल पौवा, योगिकुटीमा हुने भएको छ । नेपाली फिल्म क्षेत्रका चर्चित नायक शुसील श्रेष्ठ र नायिका करुणा श्रेष्ठको उपस्थित रहने छ । 
 प्रतियोगितामा  २४ जना प्रतियोगिहरुले भाग लिएका थिए भने जसमा दुर्गा गिरी, भावना पुन, ममता थापा, शित्तल श्रेष्ठ, एलिश पाण्डे, जीवन श्रेष्ठ, समिर पन्त, अनुप मगर फाईनलको लागि छनोट भएका छन्  । फाइनलको लागि सन्दिप चौधरीले प्रशिक्षण दिने व्यवस्था मिलाईएको छ ।  कार्यक्रममा सह–कोरियोग्राफर रुपमा सृष्टि पाठक रहेकी छिन् भने उक्त कार्यक्रममा फाइनलको लागि जजको भुमिका मा नायिका करुणा श्रेष्ठ, सुजित बस्याल र अन्जान कुँवर रहेका छन् । 
प्रख्यात मोडल तथा कोरियोग्राफर सँगै बुटवलमा भव्य तथा सभ्य रुपमा ब्युटी प्याजेन्ट हुने भएको हो । विभिन्न क्षेत्रमा रहेका युवा युवातीहरुमा लुकेर रहेको प्रतिभालाई मोडलको रुपमा स्थापित गर्न यस कार्यक्रमको लक्ष्य रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद र एउटा म्युजिक भिडियोको पुरस्कार प्रदान गरिने आयोजक टिमका अध्यक्ष मनिस पाण्डेले बताए ।

No comments:

Post a Comment