डिजीटल मुसिकोट - DoroNepal

Breaking

Wednesday, July 3, 2019

डिजीटल मुसिकोट

गुल्मी, असार १८ – मुसिकोट नगरपालिकाले आगामि आर्थिक बर्षको लागि सूचना तथा प्रविधिको कार्ययोजना तयार पारि बजेट स्विकृत गरिसकेको छ । सूचना तथा सञ्चार क्षेत्रलाई आम जनसंग पुर्याउनको लागि बिभिन्न वडा स्तरिय प्रविधि मैत्री तालिम हरु सञ्चालन गर्ने, प्रत्येक नगरपालिका भित्र रहेका मा.बि र उ.मा. वि हरुमा द्रुत गतिको इन्टरनेट उपलब्ध गराई शिक्षकहरुको ई-हाजिरीलाई नेटोर्किङको मार्फत नगरपालिकामै हेर्न सकिने र शिक्षकहरुको तलब भुक्तानी पनि त्यही हाजिरी मार्फत गर्न साकिने कुरा मुसिकोट नगपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारि गराउनु भयो।
यसका साथै नगरपालिकाले 
डिजिटल प्रोफाइल निर्माण।
कार्यलयका लागि सफ्टवयरको विकास।
पेपर लेस स्वास्थ चौकी।
टि.भि, रेडियो, अनलाइन र ईन्टरनेटमा सूचना प्रकाशन र प्रशारण।
बुलेटिन र स्मारिका प्रकाशन।
चेतनामूलक भिडियो नाटक उत्पादन र प्रदर्शन।
मिडिया परामर्श तथा प्रेस समायोजन।
भिडियो डकुमेन्ट्री उत्पादन र प्रशारण।
पनि एकसाथ संगसंगै लैजानेकुरा रहेको योजना पनि ऊहाले जानकारि दिनुभयो। 
आगामि एक बर्ष भित्र मुसिकोट नगरपलिकालि डिजिटल नगरपालिकाको रुपरेखा तयार गरि मुसिकोट नगरपलिका भित्र रहेका सम्पुर्ण कार्यलयहरुलाई पेपरलेस तर्फ लैजाने कुरा पनि ऊहाँले जानकारि दिनुभयो।
                                                                                                                                                               - प्रकाश अर्याल

No comments:

Post a Comment