प्युठानको ठुलाबेसिमा झिमरुक खोलाले बगाउदा एक जनाको मृत्यु - DoroNepal

Breaking

Saturday, July 27, 2019

प्युठानको ठुलाबेसिमा झिमरुक खोलाले बगाउदा एक जनाको मृत्यु


ठुलाबेसी प्युठान । गौमुखी गाउँपालिका ५ ठुलाबेसी नजिक रहेको झिमरूक नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बेलुका करिब ५ बजेतिर ठुलाबेसी नजिकबाट झिमरूक नदी तर्न खोज्दा गौमुखी गाउँपालिका ४ पुजाका अन्दाजी ३५ वर्षीय किसान पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । ठुलाबेसीदेखि करिब डेढ किलोमिटर तल फड्के भन्ने स्थानमा पुनको सब भेटिएको स्थानीयबासी कवि केसीले बताए । 
घटनाको स्थलगत अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय प्युठानको मुद्दा फाँटमा कार्यरत प्रहरी सहायक निरीक्षक (सई ) बुद्धिप्रसाद राना नेतृत्वको एक टोली त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । घटनाको मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल प्युठान लैजाने तयारी भएको छ । मृतक पुनका श्रीमतीसहित एक छोरा र एक छोरी रहेको बताइएको छ ।

Photo:- Jayashor Jaishi को Facebook wall बाट

No comments:

Post a Comment