पराईघरमा किन यति धेरै रोईन कल्पना रेग्मी : लक्ष्मी रेग्मीले सम्झाउदै ( भिडियो सहित) - DoroNepal

Breaking

Saturday, July 27, 2019

पराईघरमा किन यति धेरै रोईन कल्पना रेग्मी : लक्ष्मी रेग्मीले सम्झाउदै ( भिडियो सहित)


काठमाण्डौ । गतबर्ष सार्बजनिक भएको आमा एल्बमको अपार सफलता पछी चर्चित गायिका लक्ष्मी रेग्मी पाठकको तिज गित पराईघर सार्बजनिक भएको छ । काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमको माझ ऊक्त तिज गित सार्बजनिक गरिएको हो । आफ्नो जन्मघर छोडेर पराईघर गएकि एक चेली को कथालाई गितमा उतार्न खोजिएको छ । पराईघरमा रहदा भोग्नुपरेको दुख सुख हरु बहिनिले सुनाईरहदा पिर नगर मन बलियो बनाएर बस भन्दै सम्झाउने मर्मस्पर्शी सब्दहरु गितमा समाबेस रहेको छ ।


धेरै गित संगितमा कलम चलाएकि चर्चित तथा कुशल सञ्चारकर्मी कल्पना रेग्मी को मर्मस्पर्शी सब्दले भरिएको उक्त गितमा गायिका लक्ष्मी रेग्मी पाठक र सिता श्रेष्ठले आवाज दिएका छन भने संगित चर्चित गाएक तथा एरेन्जर रामचन्द्र चन्दको रहेको छ । मालिका डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितलाई हेमराज डाँगी ले मिक्सिङ्ग गरेका हुन ।

कल्पना रेग्मी
निर्देशक दिलिप रेग्मी ले निर्देशन गरेको उक्त गितको भिडियो लाई बसन्त महर्जन ले आफ्नो क्यामेरामा कैद गरेका छन । भिडियोमा कल्पना रेग्मी, दिलिप रेग्मी, जिवन महर्जन,श्रीप्रशाद थापा, अन्जु गौतम र रुकु बिष्टको अभिनय रहेको छ । उक्त गितको भिडियोलाई सम्पादन भने रमेश रशाईली ले गरेका छन ।

शैली क्रियसन द्वारा विश्वभर सार्बजनिक गरिएको गितमा पोस्ट प्रोडक्सन भने लभदिप प्रोडक्सनको रहेको छ। गितको अडियो तथा भिडियो शैली क्रियसनको आधिकारिक युट्युब च्यानल मा हेर्न सक्नुहुने छ ।  

भिडियो हेर्नुस,


No comments:

Post a Comment