गुल्मीको मुसिकोटमा धारिलो हतियार प्रयोग गरि एकजनाको हत्या - DoroNepal

Breaking

Wednesday, July 31, 2019

गुल्मीको मुसिकोटमा धारिलो हतियार प्रयोग गरि एकजनाको हत्या

गुल्मी, साउन १५, २०७६ | धारिलो हतियार प्रयोग गरि गुल्मीको मुसिकोट नगरपालिका-३, तोलादीमा एक जनाको हत्या भएको छ।
अभियुक्त लक्ष्मण कुमाल
मुसिकोट नगरपालिका-३, नौघाटका ४८ बर्षका लुरे भनिने मोतिलाल कुमालको हत्या भएको हो। सोही ठाउँका ४५ बर्षिय भेन्टे भनिने लक्ष्मण कुमालले आफुले धारिलो हतियार प्रयोग गरि मोतिलालको हत्या गरेको भन्दै प्रहरी चौकी वामीमा आएका थिए।
खेतमा सिंचाइ गर्ने विषयमा झगडा भएको र दुवैले रक्सी खाएको कारण सो घटना भएको प्रहरीको भनाइ छ। मृतकको शव नौघाट भन्ने ठाउँमा भेटिएको थियो भने हाल मुचुल्का तयार गरि पोष्टमार्टमको निम्ति जिल्ला अस्पताल तम्घास पठाइएको प्रहरीले बताएको छ। घटना बारे थप अनुसन्धान भइरहेको छ।
हत्यामा संलग्न लक्ष्मण भने प्रहरी हिरासतमा छन्।

श्रोत:- मुसिकोट न्युज को ब्लग बाट

No comments:

Post a Comment