माष्टर एण्ड मिस लिटिल रुपन्देही २०१९ को उपाधी दर्शिल र प्रितालाई - DoroNepal

Breaking

Monday, July 29, 2019

माष्टर एण्ड मिस लिटिल रुपन्देही २०१९ को उपाधी दर्शिल र प्रितालाई


बुटवल साउन १३ । दी डाईनामीक फेशन स्टाईलको आयोजनामा माष्टर एण्ड मिस लिटिल रुपन्देही २०१९ को फाईनल होटल पौवामा सम्पन्न भएको छ । माष्टर लिटिल रुपन्देही तर्फ एभरेष्ट इंग्लिश बोर्डिङ्ग स्कुलका दर्शिल गिरी र मिस लिटिल रुपन्देही तर्फ सिद्धार्थ इंग्लिश बोर्डिङ्ग स्कुलका प्रिता सेन्चुरीले उपाधिको ताज चुम्न सफल भएका छन् ।
 करिब एक महिना पहिला संचालनमा आएको यो प्रतियोगिता सभ्य र भब्य रुपमा सम्पन्न भएको छ । ५० जना सहभागिता मध्य १६ जना प्रतियोगिहरु फाइनलमा प्रवेश गरेका थिए । उक्त सौन्दर्य प्रतियोगिताको टाईटल विजेताहरु माष्टर लिटिल च्याम्प अश्विन थापा, मिस लिटिल च्याम्प स्मारिका घिमिरे, फष्ट रनर अफ सन्देश थापा र समिक्षा ज्ञवाली, सेकेण्ड रनर अफ आकाश फुल्लेल र सारदा श्रेष्ठ, थर्ड रनर अफ दिविका न्यौपाने र सुआन्श गौचन, भ्यूअर च्वाईस एलिना खनाल, अर्गनाइजर च्वाईसमा अञ्जना रेग्मी रहेका छन् ।


कार्यक्रममा मिस नेपाल इन्टरनेशलन २०१६ कि वर्षा लेखि, मिटर वर्ल्ड नेपाल २०१७ का फष्ट रनर अप आशिक ताम्राकार  ले प्रमुख जजको भुमिका निर्वाह गरेका थिए भने जुरी मेम्बरमा आई अफ सि बुटवल कि प्रिन्सीपल कविता पुन, मोडल निशा श्रेष्ठ र दिवाकर पौडेल रहेका थिए ।  प्रतियोगितामा टिन कन्टिनेट इन्टरनेशनल का विजेता मन्जेश गिरीको कोरियोग्राफी रहेको थियो भने कार्यक्रमको निर्देशक समिर न्यौपान गरेका थिए । परिचय र प्रश्नोत्तर, बलिउड कस्टुम राउण्ड, स्पोर्ट कस्टुम राउण्ड नेशनल कस्टुम राउण्डबाट अन्तिम ७ छनौट भएको थियो भने उक्त राउण्डबाट बिजेता घोषणा गरिएको थियो । 

यस कार्यक्रम प्रदेश नं. ५ कि माननिय संसद थान कुमारी थापा को प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । यस प्रतियोगिताको उपाधि चुम्ने मास्टर एन्ड मिस लिटिल रुपन्देही दर्शिल र प्रितालाई एक वर्षको छात्रवृत्तीको व्यवस्था मिलाएको आयोजक टिमका संयोजक सौरभ रेग्मीले बताए ।
सव टाईटलहरुमा
१) सग्रिना पौडेल – मिस फोटो जेनिक
२) सेविका अधिकारी –बेष्ट हेण्डराईटिङ्ग
३) प्रिया खत्री – मोष्ट ट्यालेन्ट
४) मान्यता चौधरी – मोष्ट डिसिपिलिन

No comments:

Post a Comment