बाग्लुङ र गुल्मीमा गरि १० जनाको ज्यान गयो - DoroNepal

Breaking

Tuesday, July 23, 2019

बाग्लुङ र गुल्मीमा गरि १० जनाको ज्यान गयो

हरिलाल नेपाली साउन ७ गुल्मी । गुल्मीको पुर्बी उत्तर सत्यवति गाउँपालिकाको लिम्घा र ठुलोलुम्पेकमा अबिरल बर्षात कारण पहिरो जाँदा ९ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । पहिरोमा परेर ४ जना बेपत्ता भएको खबर प्राप्त भएको छ । 

पहिरोमा सत्यवति गाउँपालिका ४ लिम्घा भिरकुनाका तीन घर पुरिएको वडासदस्य नर माया रानाले हामिलाइ बताउनुभएको छ। रानाका अनुसार दुई सय मिटर माथीबाट आएको पहिरोले ढाल बहादुर विक, छलि विक र पम्फा विकको घर पुरेको छ । तीन घरमा नौ जना बस्दै आएका थिए । 
पहिरोमा पुरिएर लिम्घामा ६५ वर्षीय छलि विक, २८ वर्षीय पम्फा विक, १२ वर्षीय अञ्जली विक र १० वर्षीय हेमन्त विकको मृत्यु भएको छ। तीन घरबाट चार जनाको शव निकालिएको नरमाया रानाले बताउनु भयो र बाँकी पाँच जना बेपत्ता भएको जानकारि गराउनु भयो। 
त्यस्तै सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेकमा पहिरो जाँदा आमा छोराको ज्यान गएको छ । लुम्पेकका ३० वर्षीय तिल कुमारी तरामु र ९ वर्षीय दर्शन तरामुको पहिरोमा पुरिएर ज्यान गएको वडाध्यक्ष रुक बहादुर रानाले बताउनु भएको छ। १० वर्षीय करिश्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको घाइतेको अबस्था चिन्ता जनक रहेको वडा अध्यक्ष ले बताउनु भयो।
राति घरमा सुतीरहेको अवस्था माथिवाट पहिरोले तीन घरहरु बगाएर करिब ५० मिटर तल पुर्याएको छ । पानी परिरहेकाले उद्वार गर्न कठिनाइ भएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले फोनमा बताउनु भएकोथियो ।
प्रहरीको टोली घटनास्थलमा पुगेकोछ सक । विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएकाले पुग्न निकै समस्या परिरहेको सशस्त्र प्रहरी बल गुल्मीमा डिएसपी दिनेश रायमाझीले बताए ।
गुल्मी जिल्लाका प्रजिअ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोलीसंगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको छ । जिल्लाबाट तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीको टोली पनि घटनास्थल पुगेको प्रजिअ पौडेलले बताउनुभयो । 
पहिरो गएको क्षेत्रमा बेलुका ४ बजे देखि वर्षात रोकिएको छ भने विद्युत सुचारु हुन सकेको छैन ।

No comments:

Post a Comment