प्रहरीद्वारा बौद्धमा लुटेरामाथि गोली प्रहार, चारजना पक्राउ - DoroNepal

Breaking

Friday, June 7, 2019

प्रहरीद्वारा बौद्धमा लुटेरामाथि गोली प्रहार, चारजना पक्राउ

प्रहरीद्वारा बौद्धमा लुटेरामाथि गोली प्रहार, चारजना पक्राउ
काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार एक अभियुक्तमाथि गोली प्रहार गरेको छ । बौद्धको अत्तरखेलमा डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार तामाङको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । थापाका अनुसार बिहीबारमात्रै हतियार देखाएर लुटपाट गर्ने समूहका चार जना पक्राउ परेका थिए । सोही समूहका तामाङ भने फरार थिए ।महाशाखाका एसएसपी थापाका अनुसार छिरिङको समूहले उपत्यकाको सुन पसल, मनी एक्सेञ्ज लगायत वित्तिय संस्थामा हातहतियार तथा खुकुरी देखाएर लुटपाट गर्दै आएको थियो । 
बिहीबार मात्रै महाशाखाको टोलीले समूहका धराने भनिने नितेस तामाङ, मुन्द्र भनिने अजय घ्यावा तामाङ, बाहुन भनिने रुपेश चौंलागाई र जिग्री भनिने मकवानपुरका भिमराज थिङलाई पक्राउ गरेको थियो । 

No comments:

Post a Comment