कैलाली–कञ्चनपुर आँधीबेहरीः बिजुली अझै अवरुद्ध, प्रहरी चौकीसहित सयौं घरमा क्षति - DoroNepal

Breaking

Friday, June 7, 2019

कैलाली–कञ्चनपुर आँधीबेहरीः बिजुली अझै अवरुद्ध, प्रहरी चौकीसहित सयौं घरमा क्षति

कैलाली–कञ्चनपुर आँधीबेहरीः बिजुली अझै अवरुद्ध, प्रहरी चौकीसहित सयौं घरमा क्षति
कञ्चनपुर । कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको आँधीबेहरीका कारण दुईजनाको मृत्यु भएको छ । दुवै जिल्लामा गरी झन्डै सयजना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ज्यान गुमाउनेमा कैलालीको टीकापुर–२ का लाहनु डगौरा र गोेदावरी नगरपालिका–८ का वीरबहादुर चौधरी रहेका छन् ।
कञ्चनपुरको तुलनामा कैलालीमा बढी क्षति भएको प्रहरीले जनाएको छ । कैलालीमा ७६ र कञ्चनपुरमा २३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर विष्टका अनुसार कञ्चनपुरमा घाइते भएका २३ जनामध्ये १५ जना उपचारपछि घर फर्किएका छन् भने अन्य आठ जनालाई उपचारका लागि अन्यत्र रिफर गरिएको छ । केही गम्भीर घाइते भएकाहरुलाई भारत र नेपालगन्ज पठाइएको छ ।
कञ्चनपुर र कैलालीमा विद्युत् सेवा अवरुद्ध छ । जानकारहरुका अनुसार गएराति आएको आँधीबेहरी पछिल्लो एक दशकयताकै ठूलो हो । हावाहुरीका कारण विभिन्न स्थानहरुमा घरका छाना उडाएको, बिजुलीको पोल ढली विद्युत् अवरोध भएको डीएसपी विष्टले बताए । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार कैलाली घोडाघोडी–१ स्थित इलाका प्रहरी कार्यालय सुख्खडको जवान ब्यारेकको र भान्सा घरको छाना उडाउनुको साथै भान्साको माथिल्लो पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा कार्यालय सहयोगी नन्द बहादुर बुढाको खुट्टा र टाउकोमा चोट लागेको छ । यस्तै प्रहरी चौकी पहल्वानपुरको दुई कोठाको भवनको टिनको छाना उडाएको छ । 

No comments:

Post a Comment