सरसफाई अभियानमा एनआईसी एसिया बैंक : गर्यो सिद्धबाबा को सरसफाई - DoroNepal

Breaking

Sunday, June 16, 2019

सरसफाई अभियानमा एनआईसी एसिया बैंक : गर्यो सिद्धबाबा को सरसफाई


बुटवल । एनआइसी एसिया बैंक प्रदेश ५ ले शनिबार प्रभातफेरी तथा सिद्धबाबा मन्दिरमा सरसफाई गरेको छ । सामाजिक उत्तारदायित्व अन्तर्गत बैंकले विहान बुटवल हस्पिटल लाईर्नदेखि सिद्धबाबा मन्दिरसम्म बैंकिङ साक्षरता प्रभातफेरी तथा सिद्धबाबा मन्दिर परिसरमा सरसफाई गरेको हो ।
१ सय २० जना बैंकका कर्मचारीहरु बैंकिङ साक्षरता लेखिएका प्लेकार्ड सहित वुटवल सिद्धबाबा मन्दिरमा पुगेका थिए । बैंकले सिद्धबाबा मन्दिर परिसर सरसफाई गर्दै मन्दिरलाई डस्टविन र कुर्ची समेत प्रदान गरेको छ ।
सो अवसरमा सिद्धबाबा मन्दिर व्यवस्थापन समितिलाई बैंकका प्रदेश ५ का प्रमुख तिलक सुन्दर कार्कीले १० थान कुर्ची र १० थान डसविन मन्दिरका उपाध्यक्ष कृष्ण तिमिल्सेनालाई हस्तान्तरण गरे ।
बैंकका प्रदेश प्रमुख कार्कीले बैंकले मन्दिर क्षेत्रमा सरसफाई गरेर सामाजिक काममा सरिक भएको बताए । मन्दिरका उपाध्यक्ष तिमिल्सेनाले अस्पताल परिसरमा सरसफाई गरेकोमा बैंकप्रति आभार प्रकट गरे ।
कार्यक्रममा सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका सचिव लक्ष्मण पोखरेल, एनआईसि एसिया बैंक प उपप्रादेशिक कार्यालय बुटवलका प्रमुख राजन पोखरेल, साहयक उपप्रमुख विनोद पोखरेलले बोलेका थिए । एनआईसिको प्रदेश ५ मा ५१ वटा शाखा सञ्चालनमा छ ।

No comments:

Post a Comment