असार १५ देखि पहिले सीप परिक्षण अनि बल्ल श्रम स्वीकृति - DoroNepal

Breaking

Tuesday, June 11, 2019

असार १५ देखि पहिले सीप परिक्षण अनि बल्ल श्रम स्वीकृति

काठमाडौ । सरकारले असार १५ देखि सीप परिक्षण नगरी श्रम स्वीकृति नदिने भएको छ ।

सरकारले वैदेशिक रोजगारीमा जानको लागि सिप र दक्षतालाई अनिवार्य गर्ने भएको छ। न्यूनतम सिप सिकेपछि मात्र वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था कार्यान्वयन गर्न लागेको हो। यो व्यवस्था चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गरिसकेको छ

कुन कुन क्षेत्रमा जानेले सिप परीक्षण गर्नुपर्छ?
हाउस वायरिङ/इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङ/क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गार्मेन्ट/टेलरिङ र प्लम्बिङ गरेर जम्मा १२ वटा क्षेत्रमा काम गर्न जानेले सीप परीक्षण अनिवार्य गर्नुपर्छ।
अब विदेश जानेले के गर्नुपर्ने हुन्छ?
कुन किसिमको काम गर्न विदेश जान लागेको हो सोहिअनुसार मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट अनिवार्य तालिम लिनुपर्छ।
यसको लागि के के प्रक्रिया पुरा भइसक्यो?
यसका लागि वैदेशिक रोजगार बोर्डले १ सय ६० घण्टाको ३० दिने तालिमको पाठ्यक्रम बनाइसकेको र तालिम दिने २९ वटा संस्था पनि छानिसकेको छ।
तालिम सिक्न कति शुल्क लाग्छ?
कामदारलाई तालिम सिक्न भ्याटसहित १२ हजार १ सय १५ देखि १४ हजार ४ सय ९६ रुपैयाँसम्म लाग्छ।
किन यस्तो व्यवस्था ल्याइयो?
खाडी मुलुकले नेपालबाट सिपयुक्त जनशक्ति मागेपछि तालिम दिने व्यवस्था मिलाइएको हो।
वैदेशिक रोजगारीमा जानेहरूमध्ये अधिकांश कामदार अदक्ष रहेका र तिनै कामदार प्राय: ठगी र शोषणमा पर्ने गरेका छन्। यसलाई न्यूनीकरण गर्न पनि सरकारले यस्तो कदम चलेको हो।
हाल वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष कामदार १.५ प्रतिशत, अर्ध दक्ष २४ प्रतिशत र अदक्ष कामदार ७४.५ प्रतिशत रहेको विभागको तथ्याङ्क छ।

No comments:

Post a Comment