"मोडल अफ लुम्बिनी २०१९" को फाईनल यहि असार ६ गते हुँदै : "चलचित्र सानो मनको" टिम उपस्थित रहने - DoroNepal

Breaking

Thursday, June 20, 2019

"मोडल अफ लुम्बिनी २०१९" को फाईनल यहि असार ६ गते हुँदै : "चलचित्र सानो मनको" टिम उपस्थित रहने

बुटवल, असार ५ । द डाईनामिक फेशन स्टाईलको आयोजनामा मोडल अफ लुम्बिनी २०१९ कार्यक्रमको ग्रान्ड फाईनल यहि असार ६ गते एसियन पार्टी प्यालेस मा हुने भएको छ । आउदै गरेको नेपाली कथानक चलचित्र "सानो मन" को टिम मध्य नेपाली चलचित्र क्षेत्रमा तहल्का मच्चाईरहेका नायक आयुस्मान देशराज जोशी, नायिका शिल्पा मास्के र निर्देशक सुयोग गुरुङ्ग को प्रत्यक्ष उपस्थिति रहने छ । यस्तै अन्तर्राष्ट्रिय स्तरिय मेकअप आर्टिस्ट श्रद्धा मास्केको पनि कार्यक्रम मा उपस्थिती रहने छ ।
 प्रतियोगितामा  २० जना प्रतियाेगिहरुले भाग लिएका थिए । जस मध्य मान्शी श्रेष्ठ, संयुक्ता थापा मगर, अनुपमा श्रेष्ठ, महेश रौनियार, दिनेश सापकोटा, बबिशा काफ्ले, सुरज रोका मगर, आस्था श्रीस, सिन्दु थापा, स्वस्तिका रेग्मी, सुरज परियार र सबिना बस्याल फाईनलको लागि छनोट भएका थिए । 
फाइनलकाे लागि अन्तराष्ट्रिय स्तरमा मिस्टर टिन कन्टीनेन्ट इन्टरनेशनलका विजेता बनिसकेका मिस्टर मन्जेश गिरीले प्रशिक्षण दिने व्यवस्था मिलाईएको आयोजक टिमका अध्यक्ष सौरभ रेग्मी ले बताए ।  कार्यक्रमको निर्देशक समिर न्यौपान गरिरहेका छन भने सह–कोरियोग्राफर यूकेशमान ज्ञवाली रहेका छन । 
    विभिन्न क्षेत्रमा रहेका युवा युवातीहरुमा लुकेर रहेको प्रतिभालाई मोडलको रुपमा स्थापित गर्न यस कार्यक्रमको लक्ष्य रहेको छ ।

 कार्यक्रमको विजेजालाई इन्टरनेशल व्युटीपेजेन्टमा सहभागि गराइनेछ ।


No comments:

Post a Comment