प्रदेश ५ मा ३४ अर्वको बजेट, सातै वटै प्रदेश सरकारले बजेट ल्याउदै - DoroNepal

Breaking

Sunday, June 16, 2019

प्रदेश ५ मा ३४ अर्वको बजेट, सातै वटै प्रदेश सरकारले बजेट ल्याउदै


बुटवल । आज सातै वटा प्रदेश सरकारले बजेट ल्याउदै छन् । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज सबै सात प्रदेशले एकैसाथ बजेट ल्याउन लागेका हुन् । बजेट पेश गर्न आज सबै प्रदेशमा दिउसो प्रदेश सभाको बैठक बोलाईएको छ ।
प्रदेश सभाका बैठकमा सबै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरुले बजेट प्रस्तुत गर्ने छन । संवैधानिक व्यवस्था अनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारहरुले असार १ गते र स्थानीय तहले असार १० गते बजेट ल्याउनु पर्ने ब्यावस्था छ ।
प्रदेश ५ मा दिउसो ३ बजे बजेट हुने
यसैबिच प्रदेश ५ को बजेट आज दिउसो ३ बजे बस्ने प्रदेश सभा बैठमा आन्तरीक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले पेश गर्नेछन ।
प्रदेश ५ मा ३४ अर्वको बजेटको तयारी गरीएको छ । प्रदेश सरकारमा संघीय सरकारबाट समानीकरण वित्तिय अनुदानबाट प्राप्त ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, ससर्त अनुदानमा सात अर्ब ७७ करोड चार लाख बजेट छ।
चालु आर्थिक वर्षको पुँजिगत तर्फको १६ अर्बको केही रकम खर्च नभई संञ्चित हुनेछ । सो रकम सहित ३४ अर्बको बजेट बनाइएको हो । –बुलेटीन

No comments:

Post a Comment