पुलकै शिलान्यास गरेर फर्किएका मन्त्रीकाे गाडी पुल नभएकाे खाेलामा पल्टियाे - DoroNepal

Breaking

Monday, June 10, 2019

पुलकै शिलान्यास गरेर फर्किएका मन्त्रीकाे गाडी पुल नभएकाे खाेलामा पल्टियाे


स्याङ्जा । सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको हो ।  पुलको शिलान्यास गरेर फर्केको मन्त्रीको गाडी खोलामा पुल नभएकैले फसेको हो ।
बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो ।  खोला तर्ने क्रममा गाडी डुबे पनि मन्त्री भने सकुशल रहनु भएको छ । त्यस्तै खोलामा डुबेको सवारी साधन क्रेनको सहयोगमा बाहिर निकालिएको छ ।
खोला बढेसँगै बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो तर मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा राम्रो जानकारी नहुँदा दुर्घटना हुन पुगेको बताइएको छ । 
सरकारको अबको एजेण्डा विकास : मन्त्री महासेठ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारको अबको एजेण्डा विकास भएको बताउनु भएको छ । अर्जुन चौपारी गाउँपालिका–३, को सहरे पुलको शिलान्यास गर्दै सोमबार मन्त्री महासेठले विकास निर्माणमा टुटेर नभई सबै जुट्नु पर्ने बताउनुभयो 
सिद्धार्थ राजमार्गलाई चार लेनको बनाउन लागेको बताउनुभयो । कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले पुललाई चाँडो निर्माण गरेर सुरु गर्न आग्रह गर्नुभयो । 
सडक सञ्जाल बनेमा आर्थिक बिकासमा टेवा पुग्ने बताउँदै मुख्य सचिव रेग्मीले आफू स्याङ्जाको भएकाले यहाँको विकासमा सधैँ सहयोग गर्ने बताउनुभयो । सडक डिभिजन कार्यालय पोखराले निर्माण गर्न लागेको पुल अर्जुन चौपारी–३ हँदै आँधीखोला–१ जोड्ने मार्ग हो । 
पुल तीन करोड सात लाख सात हजार ५ सय १० रुपैयाँमा निर्माण हुन लागेको हो । डेढ वर्षमा निर्माण सक्ने गरी जीएसआर निर्माण सेवा पोखराले काम थालेको डिभिजन प्रमुख हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

No comments:

Post a Comment